Democratic Ayurveda Doctors Association of Nepal.

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रम

dada program

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उपस्थित सम्पुर्णमा कार्यसमिती हृदयदेखि आभार प्रकट गर्दछौं ।

कांग्रेसका पालामा भएका राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, आयुर्वेद विभागको स्थापना जस्ता महत्वपूर्ण कार्यहरुको स्मरण गराउदै उनले भने, 'अहिले स्वास्थ्य क्षेत्रको ०.२८ प्रतिशत बजेट आयुर्वेद क्षेत्रलाई निकै कम छ। यो भनेको बजेट नदिए बराबर हो।' डा. शेखर कोइराला

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले शनिबार आयोजना गरेको विजयादशमी लगायतका चाडपर्वको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 

कांग्रेसका पालामा भएका राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, आयुर्वेद विभागको स्थापना जस्ता महत्वपूर्ण कार्यहरुको स्मरण गराउदै उनले भने, 'अहिले स्वास्थ्य क्षेत्रको ०.२८ प्रतिशत बजेट आयुर्वेद क्षेत्रलाई निकै कम छ। यो भनेको बजेट नदिए बराबर हो।'

आफू विदेश जादा विदेशमा आयुर्वेदको आकर्षण बढेको कोइरालाले उल्लेख गरेका थिए। उनले वर्तमान सरकारले आयुर्वेदको महत्व चिन्न नसकेको समेत बताएका थिए। 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले नेताको इमान्दारिता नभएकाले देश यो अवस्थामा गुज्रिएको बताएl

भावुक शैलीमा प्रस्तुत हुँदै बसभित्र उनले बिरामी उपचारका लागि ल्याउँदै गर्दा सडक जामका कारणले मृत्युको घटना हुनु दुखद् भएको बताए। 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले संगठनले मजबुत एवं संगठित हुँदै आफ्नो कार्य गरेमा भातृ तथा शुभेच्छुक संस्थाले नेता डोराउने वातावरण निर्माण गर्ने विचार प्रकट गरे।

'हामी आतिनु वा डराउनुपर्ने कुनै अवस्था छैन, आफ्नो गतिविधि जारि राख्नुस,' उनले भने। 

कार्यक्रममा महर्षि वैदिक फाउन्डेसन नेपालका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दीपक प्रकाश बाँस्कोटा, विश्व हिन्दू महासंघका उपाध्यक्ष सुमन गिरि, नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली, नेपाल आयुर्वेद चिकित्सक संघका संस्थापक अध्यक्ष प्रा. डा. चन्द्रराज सापकोटा, संघका पूर्व अध्यक्षहरु प्रा. डा. श्याममणि अधिकारी, ठाकुर प्रसाद दुवाडी, ऋषिराम कोइराला र डा शंकर पौडेलले मन्तव्य राखेका थिएl

कार्यक्रमको सभापतित्व संघ अध्यक्ष प्रा.डा.रामचन्द्र अधिकारीले गरेका थिए l

Tags:

Message from President

dr. ramchandra adhikari

क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने यस प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ, नेपालको मुख्य उद्धेश्य रहेको छ । नेपालमा कार्यरत  आयुर्वेद चिकित्सकहरूबाट उपयुक्त संस्थाको सदस्यता लिन्छ । नेपाल भरिरहेका प्रजातन्त्रवादि अायुर्वेद चिकित्सकहरूको समस्या सामाधान गर्न, हक र अधिकारको बारेमा छलफल सहित सम्बन्धित निकाय सम्म सम्बोधनको लागि हामी तत्पर छाै।

साथसाथै, क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलार्इ जुट्न हार्दिक अपिल गर्छु ।

जय नेपाल ,जय अायुर्वेद ।

प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

Message from Former President

Former President

आयुर्वेद चिकित्सकको हकहित र अधिकारका स्वरहरू बुलन्ध गर्न गराउन, यो संस्थाको रूपरेखा कोरिएको हो । सरकारी,गैरसरकारी एवं अन्य जिम्मेवारी पदमा कर्तव्य निभाइरहुनु भएका आयुर्वेद चिकित्सकहरू एक जुटको स्वर बनाउनका लागि अति अावश्यकता छ । प्रजातन्त्र भाव संरक्षण गर्न, गराउन एवं यस पद्धति संग अात्मसाथ गर्दै प्रोफेशनालिजम स्थापीत गर्न यो सस्थाको महत्वपूर्ण भुमिका रहेन्छ ।
क्षेत्रगत विकासका लागि यो संस्था स्थापना काल देखि अग्रसर रहेका र अागामी दिनहरूमा  संस्थागत रूपमा महत्वपूर्ण  योजनाहरूमा यो संस्थाले अग्रेणी भूमिका खल्नेमा अाशावादी छु । जय नेपाल ,जय अायुर्वेद ।

डा. शंकर पाैडेल
पूर्व अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

 

Message from General Secretary

dada general secretary

यस प्रजातन्त्रवादि अायुर्वेद चिकित्सक संघ, नेपाल नेपालमा रहेका अायुर्वेद पेशामा लागिपरेका चिकित्सकहरूको साझा चौतारी हो । कार्य  पादर्शीता एवम  कार्य निर्णय र सम्पादन जानकारीका लागि डिजिटल बिधि अहिलेको २१औं अपरिहार्य रहेको छ । साथै, यसलाइ व्यवस्थित एवं सर्वसुलभ बनाउन लागि हामीले यो विधि योजनामा ल्याएका है । प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपालको बारेमा, यसको गतिविधि उपडेट लगायत कार्यक्रमका जानकारी सबै सदस्य, सरोकारवाला एवं सुभेच्छुकहरूमा यसै मार्फत सम्प्रेण गरिनेछ । आयुर्वेद क्षेत्रगत विकासका लागि नविन योजनाका सहित अघि बढ्रन म लगायत  यस संस्थाका पदाधिकारीहरू जिम्मवार हुनुहुन्छ ।

डा. बम्शदीप शर्मा खरेल
महासचिव, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer