Democratic Ayurveda Doctors Association of Nepal.

आयुर्वेद चिकित्सकहरुको अन्तरक्रिया तथा बधाई ज्ञापन कार्यक्रम २०७५" सम्पन्न

dada program

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूह अन्तर्गतको बरिष्ठ आयुर्वेद कन्सल्टेन्ट एघारौं तहको परीक्षामा सफल भएका डा. रामाधर यादव, दशौं तहमा आन्तरिक बढुवामार्फत बढुवा भएका डा. शोभाराम सुवेदी, नवौँ तहमा नियुक्त भएका डा. बुद्धिप्रसाद पौडेल, डा. काशी खतिवडा, डा. सुरेश महर्जन तथा आयुर्वेद चिकित्सक आठौँ तहमा नियुक्त डा. सरोज राय, डा. ललिता पाण्डे, डा. सुजता घिमिरे तथा डा. अर्चना शुक्लालाई बधाई तथा सम्मान गरिएको हो।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले आयुर्वेदलाई संघीयतामा खुम्चाउन खोजिएको आरोप लगाउर्दैँ यस विषयमा सबै मिलेर सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।

वरिष्ठ आयुर्वेद कन्सल्टेन्ट डा. रामाधार यादवले शैक्षिक तथा अनुसन्धानका कार्यहरूलाई अगाडी बढाउन सकिए मात्र आयुर्वेद चिकित्सा सेवा सुदृढ हुनसक्ने धारणा राखे।

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. शंकर पौडेलले चिकित्सकहरू कार्यक्षेत्रमा जाँदा आफ्नो जुनसुकै राजनीतिक आस्था भएपनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई प्राथमिकतामा राख्न चिकित्सकहरूको ध्यानाकर्षण गराए।

Tags:

Message from President

dr. ramchandra adhikari

क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने यस प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ, नेपालको मुख्य उद्धेश्य रहेको छ । नेपालमा कार्यरत  आयुर्वेद चिकित्सकहरूबाट उपयुक्त संस्थाको सदस्यता लिन्छ । नेपाल भरिरहेका प्रजातन्त्रवादि अायुर्वेद चिकित्सकहरूको समस्या सामाधान गर्न, हक र अधिकारको बारेमा छलफल सहित सम्बन्धित निकाय सम्म सम्बोधनको लागि हामी तत्पर छाै।

साथसाथै, क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलार्इ जुट्न हार्दिक अपिल गर्छु ।

जय नेपाल ,जय अायुर्वेद ।

प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

Message from Former President

Former President

आयुर्वेद चिकित्सकको हकहित र अधिकारका स्वरहरू बुलन्ध गर्न गराउन, यो संस्थाको रूपरेखा कोरिएको हो । सरकारी,गैरसरकारी एवं अन्य जिम्मेवारी पदमा कर्तव्य निभाइरहुनु भएका आयुर्वेद चिकित्सकहरू एक जुटको स्वर बनाउनका लागि अति अावश्यकता छ । प्रजातन्त्र भाव संरक्षण गर्न, गराउन एवं यस पद्धति संग अात्मसाथ गर्दै प्रोफेशनालिजम स्थापीत गर्न यो सस्थाको महत्वपूर्ण भुमिका रहेन्छ ।
क्षेत्रगत विकासका लागि यो संस्था स्थापना काल देखि अग्रसर रहेका र अागामी दिनहरूमा  संस्थागत रूपमा महत्वपूर्ण  योजनाहरूमा यो संस्थाले अग्रेणी भूमिका खल्नेमा अाशावादी छु । जय नेपाल ,जय अायुर्वेद ।

डा. शंकर पाैडेल
पूर्व अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

 

Message from General Secretary

dada general secretary

यस प्रजातन्त्रवादि अायुर्वेद चिकित्सक संघ, नेपाल नेपालमा रहेका अायुर्वेद पेशामा लागिपरेका चिकित्सकहरूको साझा चौतारी हो । कार्य  पादर्शीता एवम  कार्य निर्णय र सम्पादन जानकारीका लागि डिजिटल बिधि अहिलेको २१औं अपरिहार्य रहेको छ । साथै, यसलाइ व्यवस्थित एवं सर्वसुलभ बनाउन लागि हामीले यो विधि योजनामा ल्याएका है । प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपालको बारेमा, यसको गतिविधि उपडेट लगायत कार्यक्रमका जानकारी सबै सदस्य, सरोकारवाला एवं सुभेच्छुकहरूमा यसै मार्फत सम्प्रेण गरिनेछ । आयुर्वेद क्षेत्रगत विकासका लागि नविन योजनाका सहित अघि बढ्रन म लगायत  यस संस्थाका पदाधिकारीहरू जिम्मवार हुनुहुन्छ ।

डा. बम्शदीप शर्मा खरेल
महासचिव, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer