Democratic Ayurveda Doctors Association of Nepal.

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको आयोजना बनभोजमा कार्यक्रम

dada picnic

मिति २०७६ जेष्ठ १८ गते शनिबारको दिन प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको आयोजनामा गोदावरीमा सु-सम्पन भएको बनभोज कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय गगन कुमार थापा ज्यु, विशिष्ट अतिथि माननीय पार्वती डि.सी. चौधरी ज्यु, लगायत सम्पूर्ण प्रजातन्त्रमा आस्थावान प्राध्यापक, आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्णमा हृदयदेखि नै आभार व्यक्त गर्दछौ l

आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छुक छु : गगन थापा

काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले आगामी दिनमा पनि आफू स्वास्थ क्षेत्रमा काम गर्न इच्छुक रहेको बताएका छन्। उनले जनता स्वास्थ्य केन्द्रका लागि आफूले कार्य गरिरहेको समेत उल्लेख गरेका छन्।

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै थापाले आफू स्वास्थ्यमन्त्री हुँदा आयुर्वेद स्वास्थ नीति-२०७३, पन्चकर्म केन्द्रको स्थापना, आयुर्वेदमा दरबन्दी थप जस्ता कार्य गरेको स्मरण गराए। उनले भने, 'नेपाली काङ्ग्रेसको सरकारको पालामा आयुर्वेद क्षेत्रको विस्तार तथा विकास गरिएको हो।'

कार्यक्रममा नेपाली काङ्ग्रेसको छाया सरकारकी स्वास्थ्य संयोजक पार्वती डिसी चौधरीले कम्युनिस्ट सरकारले स्वास्थ्य तथा आयुर्वेदलाई उपेक्षा गरेको बताइन्।

dada advisers



 

Tags:

Message from President

dr. ramchandra adhikari

क्रियाशील विश्वभरका आयुर्वेद चिकित्सासंग सम्बन्धित संगठन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय संघ–संस्था र निकायसंग सम्बन्ध विस्तार, सहकार्य र मैत्री सम्बन्ध कायम गर्ने यस प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ, नेपालको मुख्य उद्धेश्य रहेको छ । नेपालमा कार्यरत  आयुर्वेद चिकित्सकहरूबाट उपयुक्त संस्थाको सदस्यता लिन्छ । नेपाल भरिरहेका प्रजातन्त्रवादि अायुर्वेद चिकित्सकहरूको समस्या सामाधान गर्न, हक र अधिकारको बारेमा छलफल सहित सम्बन्धित निकाय सम्म सम्बोधनको लागि हामी तत्पर छाै।

साथसाथै, क्षेत्रगत विकासकाे तयारीका लागि संस्थागत रूपमा सम्पूर्णलार्इ जुट्न हार्दिक अपिल गर्छु ।

जय नेपाल ,जय अायुर्वेद ।

प्रा. डा. रामचन्द्र अधिकारी
अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

Message from Former President

Former President

आयुर्वेद चिकित्सकको हकहित र अधिकारका स्वरहरू बुलन्ध गर्न गराउन, यो संस्थाको रूपरेखा कोरिएको हो । सरकारी,गैरसरकारी एवं अन्य जिम्मेवारी पदमा कर्तव्य निभाइरहुनु भएका आयुर्वेद चिकित्सकहरू एक जुटको स्वर बनाउनका लागि अति अावश्यकता छ । प्रजातन्त्र भाव संरक्षण गर्न, गराउन एवं यस पद्धति संग अात्मसाथ गर्दै प्रोफेशनालिजम स्थापीत गर्न यो सस्थाको महत्वपूर्ण भुमिका रहेन्छ ।
क्षेत्रगत विकासका लागि यो संस्था स्थापना काल देखि अग्रसर रहेका र अागामी दिनहरूमा  संस्थागत रूपमा महत्वपूर्ण  योजनाहरूमा यो संस्थाले अग्रेणी भूमिका खल्नेमा अाशावादी छु । जय नेपाल ,जय अायुर्वेद ।

डा. शंकर पाैडेल
पूर्व अध्यक्ष, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

 

Message from General Secretary

dada general secretary

यस प्रजातन्त्रवादि अायुर्वेद चिकित्सक संघ, नेपाल नेपालमा रहेका अायुर्वेद पेशामा लागिपरेका चिकित्सकहरूको साझा चौतारी हो । कार्य  पादर्शीता एवम  कार्य निर्णय र सम्पादन जानकारीका लागि डिजिटल बिधि अहिलेको २१औं अपरिहार्य रहेको छ । साथै, यसलाइ व्यवस्थित एवं सर्वसुलभ बनाउन लागि हामीले यो विधि योजनामा ल्याएका है । प्रजातान्त्रवादी आयुर्वेद चिकित्सक संघ नेपालको बारेमा, यसको गतिविधि उपडेट लगायत कार्यक्रमका जानकारी सबै सदस्य, सरोकारवाला एवं सुभेच्छुकहरूमा यसै मार्फत सम्प्रेण गरिनेछ । आयुर्वेद क्षेत्रगत विकासका लागि नविन योजनाका सहित अघि बढ्रन म लगायत  यस संस्थाका पदाधिकारीहरू जिम्मवार हुनुहुन्छ ।

डा. बम्शदीप शर्मा खरेल
महासचिव, प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघ

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer